• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना


  • 3.2K
    SHARES
    • श्रावण १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना
    काठमाडौँ, १ साउन/ पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।
     
    पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ ।
     
    यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गर्नुभएको छ ।


    तेस्रो आँखा