वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने


  • 5.0K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

    पर्सा, २ साउन । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 

    images

    आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग गरेको भेटमा “बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।”

    जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदाी खसेको थियो ।
     
    नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभएको थियो ।


    तेस्रो आँखा