• ट्रेण्डिङ्ग :
महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण


  • 2.6K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.0K Views

    महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

    काठमाडौ, ३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । 

    images

    शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियोे । 

    सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।  


    तेस्रो आँखा