• ट्रेण्डिङ्ग :
पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध


  • 2.9K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

    बाजुरा, ४ साउन । अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी   राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिनुभएको छ ।

    images

    उहाँका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएकोे बताउनुभयो । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा याुत्र अलपत्र परेका छन् ।

    अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।

    बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।


    तेस्रो आँखा