• ट्रेण्डिङ्ग :
लामा बागमतीको नयाँ मुख्यमन्त्री बन्ने पक्का

लामा बागमतीको नयाँ मुख्यमन्त्री बन्ने पक्का


  • 4.9K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.5K Views

    लामा बागमतीको नयाँ मुख्यमन्त्री बन्ने पक्का

    काठमाडौँ, ६ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको हो ।

    images

    योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । 

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा छन् ।

    अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने भएका हुन् । सोहीअनुसार शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा