• ट्रेण्डिङ्ग :
बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)

बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)


  • 3.8K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)

    काठमाडौँ, ६ साउन । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । 

    images

    जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । 

    बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । 

    आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।


    तेस्रो आँखा