मेट्रो कलेजका विद्यार्थीद्वारा वर्कसप संचालन 

मेट्रो कलेजका विद्यार्थीद्वारा वर्कसप संचालन 


  • 5.0K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.7K Views

    मेट्रो कलेजका विद्यार्थीद्वारा वर्कसप संचालन 

    तुलसीपुर ६ साउन/तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले झमेट्रो मर्मत केन्द्रञ संचालनमा ल्याएका छन् । कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् ।

    images

    मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले  विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कलेजको पढ्दै र कमाउँदै अभियान अन्तर्गत  विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको प्राचार्य बसन्त आचार्यले जानकारी दिए । ममर्त केन्द्रमा एसी,फ्रिज,पंखा,वासिङ मेसिन,मोटर लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी तारा कँवरले जानकारी दिए । आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उनले बताए ।

    451852028_3654340124828771_6436018649523776694_n.jpg
    undefined


    तेस्रो आँखा