आज पनि संसद अवरुद्ध गर्ने, बैठकमा उपस्थित हुन सांसदलाई एमालेको ह्वीप 

आज पनि संसद अवरुद्ध गर्ने, बैठकमा उपस्थित हुन सांसदलाई एमालेको ह्वीप 


  • 7.2K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    आज पनि संसद अवरुद्ध गर्ने, बैठकमा उपस्थित हुन सांसदलाई एमालेको ह्वीप 

    काठमाडाैं,४ फागुन ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना सबै सांसदहरूलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा उपस्थिति हुन निर्देशन दिएको छ । आज पनि संसद अवरुद्ध गर्नका लागि सबै सांसदहरुलाई बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको हो ।  एमसिसीबारे सरकारसँग केही कुरा नभएको नेताहरुले बताएका छन्  ।

    images

    तेस्रो आँखासँग एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “बुधबारको संसद्मा सबै सांसदलाई बोलाएका छौ, एमसीसकिा बारेमा सरकारसँग केही कुरा भएको छैन्, हाम्रा एजेण्डालाई सूचिमा नराखिए संसद अवरुद्ध हुन्छ ।’ सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहँदा प्रमुख विपक्षी दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने जनाएको छ । 

    आफ्नो पार्टीले पदमुक्त गरेका १४ जना सांसद कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ । सभामुखले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ । 

    यस्तै, सत्तारूढ दलको एक घटक नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । फागुन ७ गते बोलाइएको स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल हुने नेता मेटमणी चौधरीले बताए ।  

  • सम्बन्धित विषय:

  • # संसद बैठक

  • तेस्रो आँखा
    लेखकबाट थप