लुम्बिनी ७ साउन/लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । उनले आजै नेपाली काँग्रेसको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गरेका थिए ।
आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री आचार्यलाई एमालेबाट २९ र काँग्रेसका २७ गरि ५६ सांसदको समर्थन छ । एमालेले दलका उपनेतालाई मुख्यमन्त्रीमा अगाडि बढाएपछि दलका नेता लिला गिरीले भने असन्तुष्ट छन् ।
