आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


  • 7.1K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं, ४ फागुन । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ। दिउँसो पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images

    उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    बिहीबार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको आँकलन छ। सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

     


    तेस्रो आँखा