• ट्रेण्डिङ्ग :
गैंडा मृत फेला चितवनमा

गैंडा मृत फेला चितवनमा


  • 4.9K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.5K Views

    गैंडा मृत फेला चितवनमा

    चितवन, ८ साउन । चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

    images

    भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

    चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।


    तेस्रो आँखा