• ट्रेण्डिङ्ग :
बागमती प्रदेश मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेश मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय


  • 3.2K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बागमती प्रदेश मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

    बागमती, ८ साउन/बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले_बीच मन्त्रालय बाँडफाँट भएको छ ।

    images

    कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।

    नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा