• ट्रेण्डिङ्ग :
सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीको मृत्यु

सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीको मृत्यु


  • 8.0K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 12.3K Views

    सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीको मृत्यु

    काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एयरलाइन्स व्यवस्थापन टिमका ४ जनाको मृत्यु भएको छ ।

    images

     

    आज बिहान भएको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीहरूको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्मा रहेका छन् । उनीहरू सौर्य एयरलाइन्सका उच्च तहका कर्मचारी हुन् ।

    १९ जना सवार विमानमा १८ जनाको मृत्यु भएको थियो । उक्त जहाजका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भएका छन् । उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा