• ट्रेण्डिङ्ग :
मुख्यमन्त्री सोडारीले चौथो पटक गर्नुभयो मन्त्रीमण्डल हेरफेर

मुख्यमन्त्री सोडारीले चौथो पटक गर्नुभयो मन्त्रीमण्डल हेरफेर


  • 2.6K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.0K Views

    मुख्यमन्त्री सोडारीले चौथो पटक गर्नुभयो मन्त्रीमण्डल हेरफेर

    धनगढी, १० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले मन्त्रीमण्डल हेरफेर गर्नु भएको छ । प्रदेशमा अल्पमतमा रहनु भएका मुख्यमन्त्री सोडारीले बिहिबार चौथो पटक मन्त्रीमण्डल हेरफेर गर्नु भएको हो ।

    images

    बैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त हुनुभएका सोडारीले वैशाख १८ गते, जेठ २८ गते, असार १६ गते र साउन १० गते प्रदेश सरकारको मौजुदा मन्त्रीपरिषका अनुसार कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको जनाइएको छ ।

    नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसंगै रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिइएको छ । 

    एकीकृत समाजबादी पार्टीका प्रकाशबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई दिइएको छ ।

    प्रदेशको भौतिक पूर्वाधार मन्त्री कैलाश चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापा, सामाजिक विकास मन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया पन्त हुनुहुन्छ ।

    450870166_1021699662336804_5341899112776374728_n.jpg
    undefined


    तेस्रो आँखा