एमसीसीको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियाेसहित)

एमसीसीको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियाेसहित)


  • 14.9K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 22.9K Views

    एमसीसीको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियाेसहित)

    काठमाडौं, ४ फागुन। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

    images

    विजुलीबजार पुलबाट वानेश्व संसद भवन तर्फ जादै गरेको प्रदर्शनकारीको शक्तिलाई प्रहरीले रोक्न खोज्दा ठेलाठेल भएपछि झडप भएको हो। प्रदर्शनकारीको भिडलाई तित्तरबित्तर गर्न प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास हानेको छ।

    आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सरकारले आजै एमसीसी संसदमा टेबुल गर्ने भनेपनि दलहरुबीच सहमति नहुँदा एमसीसी टेबुल भएन। एमालेको अवरोधका कारण संसद् बैठक समेत ५ मिनेट बसेर फागुन ६ गते बस्नेगरी टुंगिएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना राजनीतिक दलका जनवर्गीय संगठनसहित एमसीसीको विरोध गर्दै आएका विभिन्न अभियान्ताहरुले आज काठमाडाैंमा एमसीसीकोविरुद्धमा व्यापक आन्दोलन गरेका हुन्। आजै कम्यूनिष्ट घटक साना दलहरुको आव्हानमा नेपाल बन्दसमेत गरिएको छ ।


    पदम भुजेल
    लेखकबाट थप