एमसीसी विवाद र यसले उब्जाएको सडक संघर्ष 

एमसीसी विवाद र यसले उब्जाएको सडक संघर्ष 


  • 10.1K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    एमसीसी विवाद र यसले उब्जाएको सडक संघर्ष 

    काठमाडौं, ४ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे विषय केही दिनदेखि निकै चर्चाको विषय बनेको छ । सरकारले आज संसदमा पेश गर्ने भनेको एमसीसी संझौता सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सदनमा टेबल हुन सकेन ।

    images

    माओवादी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा उभिने निर्णय भएको सुनाएपछि सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश गर्न नसकेको हो । माओवादीसँगै नेकपा एकीकृत समाजवादीले समेत एमसीसी पेशगर्ने विषयमा असहयोग गरेको छ।  भोलि गठबन्धनको निर्णायक बैठकले यस विषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

    एमसीसी अनुमोदनका लागि आफूसँगै हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका प्रचण्ड एमसीसीकै विषयमा विपक्षमा उभिँदा देउवा संकटमा परेका हुन् । कतिपयले माओवादीको निर्णय चीनसँगको सुकावसँग जोडेर समेत हेनेृ गरेका छन् । तर माओवादीले कुनै छिमेकीको प्रभावमा यस्तो निर्णय नगरेको बताएको छ। एमसीसीको विपक्षमा भएको माओवादीको निर्णसँगै प्रधानमन्त्री देउवालाई अन्तराष्ट्रिय दबाब आउन सक्ने भएकाले देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। दलहरुको सहमतिबिना टेबल गर्दा अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको भनाइ छ।

    सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच सहमति नहुँदा एमसीसीे सम्झौता पछिल्लो समयमा थप पेचिलो बन्दै गएको छ। तीन दिनअघि सहमति भएको भनिए पनि मंगलबार साँझसम्म आइपुग्दा गठबन्धनभित्र सहमति हुन नसक्दा एमसीसी संझौता पेचिलो बन्दै गएको हो। प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेका छन्। उनले देउवासँग हस्ताक्षर गरिसकेपनि कार्यकर्ताका विरोध थेग्न नसकेपछि आफ्नै निर्णयबाट व्याक हुनुपरेको हो।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सिमित एमसीसी एजेन्डा

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी टेबल गर्नबाट पछि हटेका छन्। देउवा निकट नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए। बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। एमसीसीको मुद्दा आज बसेको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको छ ।

    संसद बैठक अघि बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी व्यवपक छलफल भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले तेस्रो आँखालाई बताइन्। प्रस्ताव कार्यव्यवस्था परामर्श समतिमा पेश भएर गहन छलफल भएकाले यसलाई सकारात्मक रुपमा हेरिएको भनाइ छ। उनले भनिन, ‘एमसीसी संझौताको विषय कानुनमन्त्री दिलेन्द्र बढुले आज (बुधबार) बसेको कार्यव्यवस्था परामर्श समितिमा पेश गर्नुभयो, यो विषयमा व्यापक छलफल भयो।’ यस अघि उनले पपिन गठबन्धनको भोलीको बैठकमा छलफल भएपछि अघि बढ्छौं ।’सत्ता गठबन्धनको बैठक बिहिबार बस्दै छ। एमसीसीका विषयमा साझा सहमति गर्नका लागि बैठक बसेर टुंगोमा पुग्ने नेताहरुले बताएका छन्।

    ‘कार्यव्यवस्था परामर्श समसतिमा माओवादी र नेकपा एसका नेताहरु मध्य कसैले छलफल बाट साझा धारण बनाएर अघि बढाउने बताएका र केही नेताहरुले एमसीसी अघि बढाउन नहुँने धारण समेत राखेका छलफलमा सहभागि नेताहरुले बताए । एमसीसीका विषयमा गठबन्धनको बैठकमा व्यपक छलफल गर्ने र सहमतिमा पुग्नका लागि पहल गर्ने सचेतक भुसालको भनाइ छ । उनका अनुसार यो दुइदिनमा गठबन्धनकाबीच साझा सहमतिको प्रयास गर्ने र ६ गतेको संसद बैठकमा पेश गर्न तयारी गर्ने योजना छ ।

    प्रहरी प्रदर्शनकारीबीच झडपमा १३७ पक्राउ

    यसैबीच एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । विजुलीबजार पुलबाट बानेश्व संसद भवनतर्फ जाँदै गरेको प्रदर्शनकारीको शक्तिलाई प्रहरीले रोक्न खोज्दा ठेलाठेल भएपछि झडप भएको थियो । प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

    आन्दोलकारी र प्रहरीबीच झडप भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो। प्रदर्शनमा उत्रिएका १३७ जनालाई नयाँ बानेश्वर, माइतीघरलगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाइ नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको बताइएको छ। सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ। प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    सरकारले आजै एमसीसी संसदमा टेबल गर्ने भनेपनि दलहरुबीच सहमति नहुँदा एमसीसी टेबल भएन। एमालेको अवरोधका कारण संसद बैठकसमेत ५ मिनेट बसेर फागुन ६ गते बस्नेगरी टुंगिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना राजनीतिक दलका जनवर्गीय संगठन सहित एमसीसीको विरोध गर्दै आएका विभिन्न अभियान्ताहरुले आज काठमाण्डौंमा एमसीसीको विरुद्धमा व्यापक आन्दोलन गरेका हुन् । 

     


    जीवन शर्मा
    लेखकबाट थप