एग्रोभेट र मासु पसल दर्ता बिनै सञ्चालनमा

एग्रोभेट र मासु पसल दर्ता बिनै सञ्चालनमा


  • 5.3K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.2K Views

    एग्रोभेट र मासु पसल दर्ता बिनै सञ्चालनमा

    भरत विश्वकर्मा, १३ साउन रोल्पा । सुनिलस्मृति गाउँपालिकाद्वारा सुलिचौर र रुइनिबाङ बजारको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखा र नगरप्रहरीको आयोजनामा बजारमा संचालित फ्रेस हाउस र एग्रोभेटहरुमा अनुगमन गरिएको हो ।

    images

    गाउँपालिकाको सुलिचौर र रुइनिबाङ बजार क्षेत्रमा सञ्चालित २ वटा एग्रोभेट र १४ वटा फ्रेस हाउसहरुमा अनुगमन गरिएको पशुसेवा शाखा प्रमुख अशोक कुमार केशरीले जानकारी दिए । अनुगमनको क्रममा ४ वटा मासु पसलहरु (फ्रेस हाउस) र १ एग्रोभेट विना दर्ता सञ्चालनमा आएको पाइएको उहाँले बताउनु भयो ।

    453049739_7946928222089704_9015534788316796127_n.jpg
    undefined

    दर्ता विना नै सञ्चालनमा आएका एग्रोभेट र मासु पसल सञ्चालकलाई तत्काल १ हप्ताभित्र व्यावसाय दर्ता गरेर सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।

    साथै अनुगमनको क्रममा व्यवसाय सञ्चालकहरुले पसलमा मूल्यसुचि समेत नराखेकोले तत्काल मूल्य सुचि टाँस गर्न समेत आग्रह गरिएको छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप