एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ -प्रधानमन्त्री

एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ -प्रधानमन्त्री


  • 9.5K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ  -प्रधानमन्त्री

    काठमाडाैं,५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए ।

    images

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ उनले एमसीसी राष्ट्रको हितमा भएको जिकीरसमेत गरे ।

    प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • तेस्रो आँखा
    लेखकबाट थप