झोलामा भेटियो मानिसको टाउको र खुट्टा 

झोलामा भेटियो मानिसको टाउको र खुट्टा 


  • 10.2K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    झोलामा भेटियो मानिसको टाउको र खुट्टा 

    विराटनगर,५ फागुन  । पछिल्लो समय हत्या र अपराधका घटनामा उल्लेख्य बृद्दि भएको छ । दैनिक अपराध घटनाका श्रृङखला बढ्दै गरेको अवस्थामा धरान–४ को नौकिलो भन्ने स्थान ९भेडेटार सडक खण्ड०मा पर्ने जंगलमा हत्या गरि जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

    images

    आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    उक्त घटनामा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जंगल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृतक करिब ४० देखि ४२ वर्ष उमेर प्रहरीले अनुमान गरेको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    उता, प्रदेश नं १ मा पछिल्लो समय बढ्दै गएका अपराध कर्मका कारण स्थानीय त्रसित बनेका छन । प्रहरीले यस्ता घटनाको सत्य तथ्य छानबिन गरि अपराधीलाई कानुनी दायरामा ल्याएर आम जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।

  • सम्बन्धित विषय:

  • # अपराध

  • धिरज दाहाल
    लेखकबाट थप