सहकारीको करिब २ करोड हिनामिना, लेखापाल र सह–लेखापाल पक्राउ  

सहकारीको करिब २ करोड हिनामिना, लेखापाल र सह–लेखापाल पक्राउ  


  • 10.0K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सहकारीको  करिब २ करोड हिनामिना, लेखापाल र सह–लेखापाल पक्राउ  

    बिराटनगर ,५ फागुन ।  धनपालथान गाँउपालिकाको कर्सियास्थित नमुना सहकारीको करिब २ करोड रकम हिनामिना भएको छ । शेयर सदस्य रहेका सविलाल राजवंशी र सह लेखापाल राजकुमार राजवंशीको समझदारीमा आर्थिक हिनामिना भएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    दुवैविरुद्ध सहकारीले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय सविलाल र ५५ वर्षीय राजकुमार राजवंशी पक्राउ परेका हुन्  । ४३ वर्ष अघि स्थापित सहकारी कोरोना महामारीसंगै गएको दुई वर्षदेखि बन्द रहेको छ ।

    सहकारीका उपाध्यक्ष सवेलाल राजवंशीले लेखा परिक्षण प्रतिवेदनमा १ करोड ९० लाख रुपैया नमिलेपछि सहकारीबाट गाँउपालिका ४ का वडाध्यक्ष रोशन राजवंशीको संयोजकत्वमा छानविन समिति बनाएको जानकारी दिए । समितिले समेत सहकारीको रकम हिनामिना भएको देखाएपछि दुवै जनालाई पक्राउ गरिएको उपाध्यक्ष राजवंशीले बताए । समितिले लेखापालबाट १ करोड ११ लाख ६२ हजार र सह लेखापालबाट ७८ लाख १७ हजार रुपैया  हिनामिना गरेको पुष्टि गरेको छ । केही वर्षदेखि सहकारीमा रकम हिनामिनाको आंशका गरिएको थियो उपाध्यक्ष राजवंशीले बताए ।

    लेखा परिक्षणको प्रतिवेदन र छानविन समितिले समेत हिनामिना भएको पुष्टि गरेको उनले तेस्रो आँखालाई जानकारी दिए । हाल सहकारीमा शेयर सदस्य र बचतकर्ताको सो रकम कसरी जिम्मा लगाउने बारेमा सबै सोचमग्न रहेको राजवंशीको भनाइ छ  ।सहकारीको करोडौं रकम हिनामिना भएको घटना खुलेपछि दुवैलाई पटक पटक रकम दखिला गर्न ताकेता गरेपनि रकम जम्मा हुन नसकेपछि प्रहरी लगाएर पक्राउ गरेको हो ।

    रकम हिनामिना तथा छानविनको कुरा आएसंगै लेखापाल राजवंशीले राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभएको सहकारीले जनाएको छ । पछिल्लो दुई साधारण सभामा समेत उनी विभिन्न बहानामा अनुपस्थित रहदै आएका थिए । 
    अहिले सहकारीको नाममा सोही गाँउपालिका वडानम्बर २ मा दुई कट्ठा दुई धुर, वडा नम्बर ६ मा चार कट्ठा र वडा नम्बर ४ मा करिब १२ कट्ठा जमिन रहेको छ ।

    सहकारीले बचतकर्ता र शेयर सदस्यको फसेको रकम सोही जमिन विक्री गरेर भएपनि तिर्न सक्ने सहकारीका अध्यक्ष गुलाबचन्द मण्डलले जानकारी दिए । सहकारीमा ५ सय १० जना शेयर सदस्य रहेकाछन् । प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध सहकारी ठगी मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

  • सम्बन्धित विषय:

  • # सहकारी

  • धिरज दाहाल
    लेखकबाट थप