• ट्रेण्डिङ्ग :
हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

हात्ती परिचालन गरी बाघ नियन्त्रणमा


  • 2.8K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

    कञ्चनपुर, १८ साउन/ कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । 

    images

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । 

    बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । “बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए । 

    बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो । 


    तेस्रो आँखा