रोल्पा पहिरो अपडेटः पहिरोमा पुरिएको आशंका गरिएको दुवै जना मृत फेला 

रोल्पा पहिरो अपडेटः पहिरोमा पुरिएको आशंका गरिएको दुवै जना मृत फेला 


  • 5.8K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 9.0K Views

    रोल्पा पहिरो अपडेटः पहिरोमा पुरिएको आशंका गरिएको दुवै जना मृत फेला 

    रोल्पा १९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको कामिडाडाँमा घर पुरिदा वेपत्ता भएका २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

    images

    उनीहरुको शव घरको पहिरोमा पुरिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिएका छन् ।

    शुक्रबार राति ९:४० बजेको समयमा पहिरोमा परिएको आशंका गरिएका देउसिंङ कामीको आमा ६५/७० वर्षकी बसुना सुनार र छोरी वर्ष ४ कि माया सुनारको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त घरमा तिन जनाको परिवार बस्दै आएका थिए । देउसींङ कामी कामले गाउँ गएका थिए ।


    भरत विश्वकर्मा
    लेखकबाट थप