सरकारले चाहेर पनि बैशाखमा स्थानीय तहकाे चुनाव हुँदैन -सांसद चाैधरी ( भिडियाे अन्तर्वार्ता )

सरकारले चाहेर पनि बैशाखमा स्थानीय तहकाे चुनाव हुँदैन -सांसद चाैधरी ( भिडियाे अन्तर्वार्ता )


  • 16.0K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 24.6K Views

    सरकारले चाहेर पनि बैशाखमा स्थानीय तहकाे चुनाव हुँदैन -सांसद चाैधरी  ( भिडियाे अन्तर्वार्ता )

    नेकपा (एककिृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले बैशाखमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । बिहिबार तेस्रो आँखा अनलाइन टिभीको कार्यक्रम तेस्रो दृष्टिमा कुरा गर्दै चौधरीले सरकारले चाहेर पनि स्थानीय तहको निर्वाचन बैशाख ३० मा नहुँने ठोकुवा गरेका हुन् ।

    images

    पुरा अन्तर्वार्ता हेर्नुहाेस :

    स्थानीय पदाधिकारीहरुको कार्याअवधि सकिएको ६ महिना भित्र चुनाव गर्नु पर्ने संबैधानीक व्यवस्था भएकाले चुनाव बैशाखमै असम्भव भएको बताए । उनले भने, ‘संविधान अनुसार पदाधिकारीको कार्यकाल सकिएको ६ महिना भित्र स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ,त्यसैका आधारमा ६ मिहना पछि चुनाव सार्नुपर्छ, बैशाखमा हुनुहुँदैन् ।’

    २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले बैशाखमै चुनाव गराउँदा अन्तिम चरण (असोज) मा चुनाव भएका स्थानीय तहका पदाधिकारीहरुको कार्याअवधि नसकिने र उनीहरुले समय सम्म काम गर्न नपाउने उनको तर्क छ । नेपाल सरकारले स्थानीय तहको निर्वाचन आगामी ०७९ बैशाख ३० गते गर्ने मिति घोषण गरेर तयारी थालेको छ ।

    सरकार साझेदार दल नेकपा एसका नेता चौधरीले बैशाखमा चुनाव नहुँने ठोकुवा गरिरहदा स्थानीय तहको निर्वाचन अन्यौलमा पर्ने बुझिएको छ । सरकारले चुनावको मिति घोषणको तयारी गर्दै गर्दा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकै पटक मंसिरमा गर्नु पर्ने माग राखेका थिए ।