काठमाडाैं,५ फागुन । नेपालको शैक्षिक सुधारका लागी सर्वपक्षीय सहकार्य आवश्यक रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् । बिहीबार शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पाेखरेलले शिक्षा क्षेत्रका चुनौतिलाई चिर्न कुनै एक पक्षले मात्र सम्भव नहुँने बताएका हुन् ।
भिडियाे हेर्नुस :
नेपालको शैक्षिक क्षेत्रको सुधारात्मक विकासका लागी मन्त्रालय वा शिक्षसँग सम्बन्धीत कुनै एक निकायले मात्र नसक्ने भन्दै पोखरेलले यसकालागी सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताए । उनल भने, ‘विकास हुदैगरेको आइटीलाई राज्यल कसरी नियन्त्रण गर्ने भन्ने बारे सोच्ने गरेको छ, तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने बारे ध्यान दिइरहेको छैन्’ यसमा पत्रकारले ध्यान दिनपर्ने समय आएको छ ।’
शिक्षा पत्रकार समुहको २२ वर्षको अवधि सम्म यसको जोसिलो उपस्थिति रहेको बताउँदै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रबाट समाज सुधारमा योगदान गर्न सकिने बताए । शिक्षा पत्रकार समुहले पत्रकारिताको माध्यामबाट शैक्षिक सुधारमा महत्वपूर्ण योगदान गरेको उनले प्रसांसा गरे ।
शैक्षिक सुधालाई उचाइदिन नेपाली पत्रकारिताले आवश्यक दबावका साथै सकारात्मक सुझाव आवश्यक्ता रहेको उनको भनाइ छ । नेपालमा विद्यालय खुलेर शिक्षा प्रदान गर्न थालिएको एक सय वर्ष नपुगेपनि सयौं वर्ष अगाडीदेखि चलेको विश्व शिक्षाको अभ्याससँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाल सामु चुनौती रहेको पोखरेलले बताए ।
पदम भुजेल
