• ट्रेण्डिङ्ग :
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस


  • 3.8K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस

    काठमाडौं, २० साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

    images

    कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जनाको हस्ताक्षर गरेको पत्र उनले प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन् ।

    प्रदेश प्रमुख मियाँले आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए । सोही अनुरूप उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    शाहलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।


    तेस्रो आँखा