काठमाडौँ,कात्तिक ३० ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेशसभाको बैठकमा राईले बिश्वासको मत लिने भएका हुन् । उनि १६ कात्तिकमा मुख्यमन्त्रीमा निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनले उनको पक्षमा मतदान गर्न आआफ्ना संसदहरुलाई ह्विप लगाईसकेका छन् । फलतः उनले बिश्वासको मत पाउने पक्कापक्की छ । ९२ सदस्य संख्या रहेको यो प्रदेशमा सत्तारुढ गठबन्धनको मात्रै स्पष्ट बहुमत ५० सांसद छन् । प्रतिपक्षी एमालेसंग ४१ मत छ । एमालेका कुल ४१ मध्य एकजना प्रदेशसभाका सभामुख र अर्का एकजना सांसद फरार सुचीमा रहेकाले एमालेको सांसद संख्या ३९ मात्रै हुन आउँछ ।
