ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली प्रेसर कुकर बम -प्रहरी

ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली प्रेसर कुकर बम -प्रहरी


  • 7.8K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली प्रेसर कुकर बम -प्रहरी

    काठमाडौं,६फागुन । ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ ।

    images

    आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (Hoax) रहेकाे प्रहरीले जनाएकाे छ ।  

    बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा पनि बन्द गरिएको थियो । अहिले सो क्षेत्रको जनजीवन सामान्य छ । यातायातका साधन पनि पूर्ववत अवस्थामा सन्चालन भइरहेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप