काठमाडाैंं,६ फागुन । एमसीसी खारेजीको माग गर्दै सडमा उत्रीएका आन्दोलनकारीबीच एक आपसमा झडप भएको छ । आज बानेश्वरचोकमा भएको आन्दोलनमा ६ राजनीतिक दल निकटका जनवर्गीय संगठन र स्वतन्त्र समूहबीच झडप भएको हो ।
प्रदर्शनका क्रममा प्रहरीसँगको ठेलामठेलमा आन्दोलनकारीहरुबीच नै सामान्य झडप भएको त्याँहाबाट हाम्रा संवाददाता पदम भुजेलले जानरी दिए ।
यस्ताे छ बानेश्वर क्षेत्र हेर्नुस भिडियाे :
उनका अनुसार अहिले बानेश्व क्षेत्र तनावग्रस्त छ । संसदमा एसमीसी टेबल हुने भनीएपनि दलहरुबीच सहमति नहुँदा आज टेबल हुन सकेन । एमसीसी परियाेजना बहिष्कार आन्दाेलनले बिहीबार देखि बानेश्वर क्षेत्र तताएकाे छ । एमसीसी खारेजीका लागि आन्दोलनलाई उत्कर्षमा पुर्याउने आन्दोलनकारीले जनाएका छन् ।
आन्दोलनबाट हुन सक्ने क्षेतीको आँकलनगरी सरकारले बानेश्वर क्षेत्र तथा संसद भवन वरीपरी सुरक्षा सतर्कता उच्च राखेको छ । बानेश्वर क्षेत्रमा भएको आन्दोलनलाई उत्तेजित हुननदिन व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
