पार्टी प्रवक्ता तथा सुशासन सम्बन्धी जिम्मेवारी सहित ज्ञानेन्द्र शाही राप्रपामा  

पार्टी प्रवक्ता तथा सुशासन सम्बन्धी जिम्मेवारी सहित ज्ञानेन्द्र शाही राप्रपामा  


  • 12.7K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 19.5K Views

    पार्टी प्रवक्ता तथा सुशासन सम्बन्धी जिम्मेवारी सहित ज्ञानेन्द्र शाही राप्रपामा  

    काठमाडाैं,६ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’ का संयोजक ज्ञानेन्द्र शाहीलाई पार्टीमा प्रवेश गराएका छन् । संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गरेका हुन् । 

    images

    पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ठ दिन’ मा रहेको बताए । अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ छ ।
     
    ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए । उनले भने, ‘राप्रपा सामान्य राजनीतिक पर्टीमात्र होइन, संकटमा रहेको देश र धर्म जोगाउने, देशमा विद्यमान भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने अभियानमा राप्रपा छ ।’ ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानलाई पार्टीमा स्वागत गर्न पाउँदा आफूसहति सिंगो पार्टी हर्षित र गौरवान्वित भएको लिङ्देनले बताए । 

    नवप्रवेशी शाहीलाई पार्टीको प्रवक्ताको जिम्मेवारी सहित स्वगत गरिएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । उने तेस्रो आँखसँग भने, ‘पछिल्लो राजनीतिक अवस्था तरल बन्दै गएको छ,’ ‘यसलाई निकास दिनका लागी हिन्दुराज्य सहितको राजसंस्था स्थापना, भ्रष्टाचार न्यूनिकरण र शुशासन कायम गर्नु पर्छ ।’
    यी मुद्धाहरु नागरिकमाझ लौजादै विचारमिल्ने समूह तथा व्यक्तिहरुलाई निरन्तर पार्टीमा भित्र्याउने अभियानमा छौं ।’ विधिवत रुपमा आज पार्टी प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई पार्टीको पाँचौ प्रवक्ता सहित सुशासन सम्बन्धी हेर्नेगरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप