एमसीसी बिरुद्ध २ दिनदेखि नयाँ बानेश्वरमा उत्रीएको भीड (भिडियो सहित)

एमसीसी बिरुद्ध २ दिनदेखि नयाँ बानेश्वरमा उत्रीएको भीड (भिडियो सहित)


  • 11.7K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 18.0K Views

    एमसीसी बिरुद्ध २ दिनदेखि नयाँ बानेश्वरमा उत्रीएको भीड (भिडियो सहित)

    काठमाडाैं,६ फागुन । एमसीसी खारेजीको माग गर्दै नयाँ बानेश्वरमा २ दिनदेखि विभिन्न ६ राजनीतिक दलका कार्यकर्ता सहित स्वतन्त्र अभियान्ताहरुले सडक तताएका छन् । सरकारले एमसीसी सदनमा पेश गर्ने भनेपछि एकाएक तातेको महोल अझै सेलाएको छैन् । नयाँ बानेश्वरचोकमा ६ राजनीतिक दल निकटका जनवर्गीय संगठन र स्वतन्त्र समूह बिहीबार देखि प्रदर्शनमा छन् ।

    images

    हेर्नुस भिडियाे :


    प्रदर्शनका क्रममा प्रहरीसँगको सामान्य झडप समेत भएको छ । संसदमा एसमीसी टेबल हुने भनीएपनि दलहरुबीच सहमति नहुँदा एमसीसी आज टेबल हुन सकेन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाकारण आइतबार बस्नेगरी संसदबैठक स्थगित भएको छ ।

    एमसीसी संझौताको विरोधमा बिहीबार देखि बानेश्वरक्षेत्र तानाग्रस्त छ  । एमसीसी खारेजीका लागि आन्दोलनलाई उत्कर्षमा पुर्याउने आन्दोलनकारीले जनाएका छन् ।  आन्दोलनबाट हुन सक्ने क्षेतीको आँकलनगरी सरकारले बानेश्वर क्षेत्र तथा संसद भवन वरीपरी सुरक्षा सतर्कता उच्च राखेको छ । बानेश्वर क्षेत्रमा भएको आन्दोलनलाई उत्तेजित हुननदिन व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता

  • पदम भुजेल
    लेखकबाट थप