• ट्रेण्डिङ्ग :
पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु


  • 3.1K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    कञ्चनपुर, २४ साउन । कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाइते भएकी छन् । शुक्लाफाटा नगरपालिका-४ आसपुरीस्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको हो ।

    images

    सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको छ । उनको अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

    भीमदत्त नगरपालिका(१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको पोखरीमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ ।

    रानालाई डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधवार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मञ्चनपुरले जनाएको छ ।


    तेस्रो आँखा