रोल्पामा करेन्ट लागेर बालिका घाइते

रोल्पामा करेन्ट लागेर बालिका घाइते


  • 7.6K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 11.7K Views

    रोल्पामा करेन्ट लागेर बालिका घाइते


    रोल्पा २४ साउन/ रोल्पामा करेन्ट लागेर एक बालिका घाइते भएकी छिन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका-४ सुलिचौर स्थित बसपार्क नजिकै खेल्ने क्रममा नजिकै रहेको ट्रान्समिटरमा जडान गरेको तार छुन जाँदा करेन्ट लागि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    images

    घाइते भएकी बालिका कपिलवस्तुको कृष्ण नगरनगारपालिका २ घर भई सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बस्दै आएका अबदुल ‌ओसिम खातुनको १२ वर्षिया छोरी साईस्ता खातुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिएका छन् ।

    उनका अनुसार करेन्ट लागेर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल दाङ पठाइएको बताइएको छ ।  घटना बिहिबार बेलुकी साढे ५ बजेको समयमा भएको थियो । घाइतेको अवस्था अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सभापति शेरबहादुर देउवा

  • भरत विश्वकर्मा
    लेखकबाट थप