गुरुकुल एकेडेमीमा टिटि तथा चेस प्रतियोगिता सम्पन्न

गुरुकुल एकेडेमीमा टिटि तथा चेस प्रतियोगिता सम्पन्न


  • 2.6K
    SHARES
    • श्रावण २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    गुरुकुल एकेडेमीमा टिटि तथा चेस प्रतियोगिता सम्पन्न

    घोराही, २६ साउन । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरको टेवल टेनिस र चेस प्रतियोगिता सम्पन्न भएको छ । शनिबार गुरुकुल एकेडेमी घोराहीमा एक कार्यक्रम गरी प्रतियोगिता सम्पन्न गरिएको हो । 

    images

    पहिलो चरणमा अन्तरविद्यालय प्रतियोगिता गरी उक्त प्रतियोगिताबाट प्रथम, द्वतीय, तृतीय विद्यार्थीहरुलाई समावेश गरी गुरुकुल एकेडेमी घोराही, तुलसीपुर र लमहीबीच अन्तिम प्रतिष्पर्धा भएको प्रतियोगिता ब्यवस्थापक तथा गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कवर मगरले जानकारी दिनुभयो ।

    प्रतियोगितामा छात्रतर्फ डवल टेवल टेनिसमा गुरुकुल एकेडेमी घोराहीबाट सद्गुन थापा र कृतज्ञ अधिकारी प्रथम हुनुभएको हो भने एकलमा प्रक्षित खड्का प्रथम हुनुभएको हो । यस्तै छात्रातर्फ निसा भण्डारी घोराहीबाट प्रथम स्थान हासिल गर्नुभएको हो । 

    यसैगरी छात्रतर्फ चेस खेल प्रतियोगितामा सोहम खनाल घोराहीबाट प्रथम हुनुभएको थियो भने छात्रातर्फ स्वस्तिका पौडेल प्रथम हुनुभएको हो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीबाट १२ जना, तुलप्पिुरबाट ५ जना र लमहीबाट ७ जना गरी जम्मा २४ जना सहभागी भएका थिए । 

    प्रतियोतिामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्रले सम्मान गरीएको थियो । प्रतियोगिताको औपचारिक कार्यक्रममा मन्तब्य राख्दै गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी तथा लमहीका प्रधानाध्यापक सुरज खनालले खेलकुद शारीरिक तथा मानसिक रुपमा निकै फाइदा रहेको बताउनु भयो । उहाँले खेलकुदमा पनि भविष्य बनाएका बिभिन्न ब्यक्तिहरुको परिचय आफुहरुले सुनेको बताउदै विद्यालयले विद्यार्थीहरुको लागि खेल खेल्ने प्ल्याटफर्म निर्माण गरिदिएको जानकारी दिनुभयो । 

    त्यस्तै नियमितरुपमा खेलको बिकास गर्न सके पक्कै पनि सफलता मिल्ने उहाँले बताउनुभयो । यसैबीच प्लस टु ब्यवस्थापन संकायका संयोजक राजन अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमबारे गुरुकुल एकेडेमी घोराहीका इसिए संयोजब विशालमान श्रेष्ठले जानकारी गराउनु भएको थियो । 

    विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कक्षा ९ का छात्र आर्यन अधिकारीले गर्नुभएको थियो ।


    तेस्रो आँखा