३० कार्तिक , विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत आज लिएनन्
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत नलिएका हुन् । मंगलबार मुख्यमन्त्री राईले विश्वासको मत लिने भनिए पनि एमाले सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित गरेर भोलिका लागि सारिएको छ ।
भोलि विहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको छ । एमालेले भने विप्लव नेतृत्वको नेकपो बन्दका कारण सांसदहरु बैठकमा नआउने भनेको थियो तर, सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक नरोक्ने भनेका थिए ।
एमाले सांसद बैठकमा नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
