काठमाडाैं,७ फागुन । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको आयु एक वर्षमात्र भएको बताएका छन् । शनिवार सूर्यविनायक नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै ओलीले सरकार जनताको मतबाट नभई अदालतबाट आएको र आगामी निर्वाचन पछि नरहने बताएका हुन् ।
उनले व्यंग्या गर्दै भने, ‘संसारका सबै ज्योतिषलाई एकैठाउ राखेर सोध्नुस्, यो सरकारको आयु बढीमा एक वर्ष मात्रै हो ।’ जनताको मन जितेर आउनु पर्ने सरकार अदालतमा मुद्धा जितेर आएको उनको टिप्पणी छ । मुद्धा जितेर सरकार बनाएको कुनै मुलुकमा नभएको भन्दै नेपालमा अचम्म भएको बताए । वर्तमान सरकारप्रति कटाक्ष गर्दै उनले भने,‘सर्वोच्च अदालतबाट बाजागाजा सहित आएको के हो ? भनेको त सरकार पो रहेछ ।’
नेपालमा पाँच वर्षपछि निर्वाचन गर्ने व्यवस्थाको स्मरण गराउदै ओलीले चुनावपछिको साढे तीन वर्ष एमाले सरकार चलाएको बताए । एमालेको सरकार हटाउन अदालतबाट मुद्धा जितेर नयाँ सरकार आएको पनि ६ महिनाको नजिक पुगेकाले अवको एक वर्षमा फेरी चुनावमा जाँदा एमाले सरकारको नेतृत्व गर्ने पार्टी बन्ने उनले दावी गरे ।
सम्बाेधनका क्रममा ओलीले माधव कुमार नेपाललाइ फटाहाजालिकाे संघ्या दिए । उनले कार्यकर्तालाइ माधवनेपालकाे पछि नलाग्न अग्रह गर्दै भने,“एमालेबाट फुटेर गएका माकुनेहरुले झुक्याएर हालेको सिदुरको पछि नलाग्नुस्, एमालेका कार्यकर्ता एमालेमै आउनुस ।”
उनले थपे, पहिला पहिला हाम्रो गाउतिर फटाहा केटाहरु मुठीमा सिंदुर लुकाएर हिड्थे, अनि राम्री केटी देख्नासाथ परैबाट सिदुर हानेर भाग्थे, अहिले माकुनेहरुले हाम्रा कार्यकर्तालाई त्यसै गर्दैछन् ।’ एमाले कसले सिदुर हाल्यो भनेर नखोज्ने भन्दै उने भने, ‘माकुनेहरुले झुक्याएर हालेको सिदुरको पछि नलागी एमालेमा आउनुस ।’ अरु कसैले झुक्याएर हालेको सिदुरको प्रवाह नगरी अलमलिएर बसेका साथीहरुलाइ एमालेमा आउन आग्रह गरेको उनले बताए ।
