एमसीसी संसदमा पेश गर्न सत्तासाझेदार दलहरू सहमति नजिक

एमसीसी संसदमा पेश गर्न सत्तासाझेदार दलहरू सहमति नजिक


  • 11.0K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.9K Views

    एमसीसी संसदमा पेश गर्न सत्तासाझेदार दलहरू सहमति नजिक

    काठमाडाैं,८ फागुन । लामाे समयदेखि विवादीत बनेकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेश गर्न सत्तासाझेदार दलहरूबीच सहमति नजिक पुगेकाे छ । संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका हुन्।

    images

    एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार भएकाे नेकपा समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले बताए । एमसीसी सम्झौतालाई अघि बढाउन गठबन्धन दलहरूबीच बनेको अनौपचारिक समझदारीकै आधारमा शनिबार बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमा अनुमोदन नभए पनि छलफलका लागि सार्वभौम संसद्मा लैजाने निर्णय गरेको उनकाे भनाइ छ।

    एकीकृत समाजवादीका एक नेताले आइतबार बस्ने गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको बताइएकाे छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेरै एकीकृत समाजवादीले पछिल्लो निर्णय गरेको उनले बताए । ‘सम्भवतः अबको कोर्स एमसीसी सम्झौतालाई संसद्मा लाने नै हो,’ उनले भने ।

    आइतबार संसद् बैठक बोलाइएको छ । यसअघि संसद्मा अवरोध रहेका बेला र गठबन्धनमा सहमतिबिना एमसीसी सम्झौता टेबल गर्न नहुने अडान राख्दै आएको माओवादी केन्द्रले पनि मध्यमार्गी बाटाे खाेज्ने जनाएकाे छ । एमसीसी टेबल भएपछि पास गराउने कुरामा समस्या नहुँने नेपाली कांग्रेसका एक नेताले बताए ।  

     


    जीवन शर्मा
    लेखकबाट थप