तुलसीपुरमा धारिलो हतियार प्रहारबाट अटोचालक घाइते

तुलसीपुरमा धारिलो हतियार प्रहारबाट अटोचालक घाइते


  • 3.2K
    SHARES
    • श्रावण ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    तुलसीपुरमा धारिलो हतियार प्रहारबाट अटोचालक घाइते

    तुलसीपुर, ३० साउन । तुलसीपुरमा धारिलो हतियार प्रहारबाट एकजना अटोचालक घाइते भएका छन् । भाडाको विषयलाई लिएर विवाद भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ सितलनगर टोलका ३० वर्षीय अटोचालक विजय श्रेष्ठमाथि धारिलो हतियार प्रहार भएको थियो । 

    images

    बुधवार विहान साढे ११ बजेको समयमा तुलसीपुर वडा ६ यातायात कार्यालय अगाडि तुलसीपुर वडा ९ दोघरेका करिव ४५ वर्षीय रामशरण वैश्य र तुलसीपुर वडा ५ का करिब २३ वर्षीय जिबि मगरलगायत ३/४ जनाको समूहले श्रेष्ठमाथि धारिलो हतियार प्रहार गरेका थिए । 

    हतियार प्रहारबाट श्रेष्ठको दायाँ हातको बुढि औंला र बायाँ हातको पैते औंला काटिएको छ । श्रेष्ठको राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

    धारिलो हतियार प्रहार गर्नेहरु फरार रहेको र उनीहरुकाे खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा