लायन्स क्लबद्धारा बालबालिकाहरुका लागि क्यान्सर सचेतना

लायन्स क्लबद्धारा बालबालिकाहरुका लागि क्यान्सर सचेतना


  • 3.0K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    लायन्स क्लबद्धारा बालबालिकाहरुका लागि क्यान्सर सचेतना

    पोखरा, ३१ श्रावण । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एम अन्तरगत पर्ने ३ वटा क्लबले संयुक्त रुपमा बालबालिकाहरुका लागि क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. २३ स्थित माझँथुममा रहेको श्री सिद्धबराह माविका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी क्यान्सर सम्बन्धी विविध जानकारी सहित चेतनामुलक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको हो । 

    images
    455701687_1450529718937434_1922595968754430991_n.jpg

    लायन्स क्लब अफ पोखरा ब्लु स्काई, लायन्स क्लब अफ पोखरा साझा चौतरी र लायन्स क्लब अफ पोखरा समता प्रदेशले आयोजना गरेको बालबालिकामा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम संयोजक डा. सरस्वती न्यौपानेद्धारा बालबालिका विभिन्न जिज्ञासा र प्रश्नहरुलाई समेटेर प्रशिक्षित गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिएसटि कोर्डिनेटर जगन्ननाथ तिमिल्सिना रहनु भएको थियो भने अन्य अतिथिहरुमा कलस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, सिद्धबराह माविका प्रधानाध्यापक बद्धिनाथ पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुली, रिजन चियर पर्सन युवराज पौडेल, जोन चियर पर्सन लक्ष्मी बराल लगायत रहनु भएको थियो । 

    450011521_1574376479787495_2767108748185311053_n.jpg

    क्यान्सर कसरी लाग्न सक्छ ? यसका लक्षणहरु के कस्ता हुन्छन ? क्यान्सरबाट बच्न कसरी सकिन्छ ? यसको औषधी उपचार र अवस्था के कस्तो छ ? जस्ता विभिन्न विषयबस्तुलाई समेटेर प्रस्तुत गरिएको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, शिक्षक र क्लबबाट सहभागी सदस्यहरुको सहभागिता रहेको थियो । 

    453999537_495036009838486_6445680080363120407_n.jpg

    पोखरा ब्लु स्काईका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजक विद्यालयका शिक्षक निर्मल शर्मा रहनु भएको थियो भने कार्यक्रमको संचालन मेनका पौडेलले गर्नुभएको थियो ।


    तेस्रो आँखा