गुरुकुल एकेडेमीका विद्यार्थीद्धारा सोलार कुकर निर्माण

गुरुकुल एकेडेमीका विद्यार्थीद्धारा सोलार कुकर निर्माण


  • 7.0K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 10.7K Views

    गुरुकुल एकेडेमीका विद्यार्थीद्धारा सोलार कुकर निर्माण

    घोराही ३२ साउन / गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले सोलार कुकर निर्माण गरेका छन । विद्यालयका कक्षा ९ का विद्यार्थीहरूले पुरानो डिश प्यानल र साना ऐनाका टुक्राहरूलाई पुनः प्रयोग गरि सोलार कुकर निर्माण गरेका हुन । उनीहरूले निर्माण गरेको सोलार कुकरमा सौर्य ऊर्जा प्रयोग गरी अण्डा पकाउन, र पानी उमाल्न सफलता पूर्वक परीक्षण गर्दै प्रदर्शन समेत गरेका छन ।

    images

    जसले नवीकरणीय ऊर्जा सिद्धान्तहरूको व्यावहारिक प्रयोग देखाउँने गुरुकुल एकेडेमीका विज्ञान विषय शिक्षक भुवन आचार्यले जानकारी दिनुभयो । यस अवसरमा विद्यार्थी आर्यन घर्तीले आफू र आफ्ना साथीहरूले सोलार कुकर निर्माण गर्न अपनाएको विधि तथा सहकार्य र प्रक्रियाबारे व्याख्या जानकारी दिएका थिए । उनीहरूको परियोजनाले समूह कार्य र नवीकरणीय ऊर्जा र दिगो इन्जिनियरिङ सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई प्रदर्शन गरेको थियो ।

    साथै निर्माण समुहकि छात्रा यशु बुढाथोकीले सोलार कुकर मोडलहरू बनाउनको शैक्षिक महत्त्वलाई व्याख्या गर्दै आबश्यकता अनुसारको सम्पुर्ण औजार तथा सामानहरु उपलब्ध भएमा अन्य सामानहरु पनि निर्माण गर्न सकिने बताउनुभयो । यो व्यवहारिक दृष्टिकोणले नवीकरणीय ऊर्जा अवधारणाहरूको समझलाई बढाउँछ र दिगो प्रविधिमा नवप्रर्वदनलाई प्रोत्साहन दिने गुरुकुल एकेडेमीका विज्ञान शिक्षक आचार्यले जानकारी दिनुभयो ।


    तेस्रो आँखा