खोलाले बगाएर वेपत्ता भएकी महिला मृत अवस्थामा फेला

खोलाले बगाएर वेपत्ता भएकी महिला मृत अवस्थामा फेला


  • 3.9K
    SHARES
    • भाद्र १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    खोलाले बगाएर वेपत्ता भएकी महिला मृत अवस्थामा फेला

    रोल्पा, ०१ भदौ । रोल्पामा खोलाले बगाएर वेपत्ता भएकी वृद्ध मृत अवस्थामा फेला परेकी छिन् । बिहिवार साँझ  ७ः४५ बजेको समयमा गंगादेवा गाउँपालिकाकोसुखाओडार बजारबाट घरतर्फ जाने क्रममा गोरेटो बाटोबाट करिब २ मिटर तल लड्न गई खोलाले बगाएर गंगादेव गाउँपालिका २ सुखाओडारका रामलाल कामीको श्रीमती ६५ बर्षकी तुलसी कामी बेपत्ता भएकी थिइन् ।

    images

    शुक्रवार इलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाबाट प्रहरी नायब निरीक्षक नारायण पछाईको कमाण्डमा गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा साँझ ६ बजेको समयमा उनको शव फेला परेको हो । 

    उनको शव घटनास्थल भन्दा करिब १० किलोमिटर टाढा माडि गाँउपालिका १ रिसम्जा स्थित चिउरीघाट खोलाको किनारमा दुई ढुङ्गाको बिचमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए ।


    भरत विश्वकर्मा
    लेखकबाट थप