• ट्रेण्डिङ्ग :
पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध


  • 4.7K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.3K Views

    पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

    दार्चुला, ३ भदौ । गए राति परेको  वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत   गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ ।  लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    images

    सडक अवरुद्धहुँदा  जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।

    आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा