एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्मै छलफल हुन्छ - मन्त्री कार्की

एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्मै छलफल हुन्छ - मन्त्री कार्की


  • 10.4K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्मै छलफल हुन्छ - मन्त्री कार्की

    काठमाडाैं, ८ फागुन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्‍बाटै प्रष्ट हुने बताएका छन् । सरकारले एमसीसी सम्झौता आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेकाे छ । 

    images

    ‘सडकमा होइन, संसद्‍मा गहनरुपले छलफल गरेर निर्णयमा पुगौँ भनेर सहमति भयो,’ मन्त्री कार्कीले भने, ‘आजको बैठकमा एमसीसी टेबल भएकाे हाे । यसमाथि उठेका जे जस्ता प्रश्न र आशंकाहरू छन्, ती माथि संसद्‍मा छलफल हुन्छ । र त्यसको निदान पनि संसद्‍बाटै हुन्छ । एमसीसीले संसद्‍बाटै निकास पाउँछ ।’

    उनले सरकारले अविछिन्न उत्तराधिकारी संस्थाकोरुपमा एमसीसी टेबल गरेकाे बताए । ‘एमसीसी केपी ओली नेतृत्वको सरकारले संसद्‍मा दर्ता गराएको थियाे । सरकारको अविछिन्न उत्तराधिकारीको हिसावले यसलाई टेबल गराएकाे र छलफलकाे विषय बनाएकाे उनले बताए । अर्थमन्त्रीकाे तर्फबाट कार्कीले  एमसीसी टेबल गर्दैगर्दा सरकार साझेदार दलका नेताहरूले उठेर विराेध जनाएका थिए ।  

  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • # एमसीसी

  • तेस्रो आँखा
    लेखकबाट थप