माध्यामिक विद्यालय सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः स्पष्टिकरण सोध्यो

माध्यामिक विद्यालय सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः स्पष्टिकरण सोध्यो


  • 4.8K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.3K Views

    माध्यामिक विद्यालय सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः स्पष्टिकरण सोध्यो

    दाङ ५ भदौ/ माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो । 

    images

    पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । 

    सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।


    तेस्रो आँखा