‘अब नाच्छ अमेरिका’ को मिडिया पार्टनरमा तेस्रो आँखा अनुबन्धित

‘अब नाच्छ अमेरिका’ को मिडिया पार्टनरमा तेस्रो आँखा अनुबन्धित


  • 4.1K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.4K Views

    ‘अब नाच्छ अमेरिका’ को मिडिया पार्टनरमा तेस्रो आँखा अनुबन्धित

    टेक्सस । आउँदो सेप्टेम्बर ८ तारिख (भदौ २३) गते टेक्ससको राजधानी अष्टिनमा हरितालिका तीजको अवसर पारेर साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका’ को मिडिया पार्टनरमा छोटो समयमा लोकप्रिय बन्दै अगाडी बढिरहेको डिजिटल मिडिया तेस्रो आँखा डट कम मिडिया पार्टनरको रूपमा अनुवन्धित भएको छ । कार्यक्रम गोरखा ग्रुप एलएलसीको आयोजनामा अमेरिकाको अष्टिनमा आयोजना हुन लागेको हो ।

    images

    गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक एवं समाजसेवी डिबी रावतकाअनुसार अगस्ट १० मा बोस्टन सहरबाट सुरु भएको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा अहिलेकी सर्वाधिक चर्चित गायिका शान्तिश्री परियारसहित गायिकाद्वय रचना रिमाल र ज्योति मगरले स्थानिय दर्शकहरुकालागि सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्नुहुने छ । त्यसैगरी मोडल करिष्मा ढकालले पनि अमेरिका वासी दर्शकहरुलाई छमछमी नचाउनुहुने भएको छ । 

    कार्यक्रम स्थानिय समय अनुसार बेलुका ५ बजेदेखि राति साढे ९ बजेसम्म इएल पालासिओ इभन्ट सेन्टरमा सञ्चालन हुने भएको छ । उक्त कार्यक्रमले टेक्सस र वरपर रहेका नेपाली डायस्पोरालाई एकै ठाउँमा जुटाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने र सामुदायिक भावना विकास गर्ने लक्ष्य आयोजक गोरखा ग्रुपका प्रवन्ध निर्देशक डिवी रावतले बताउनुभयो । 

    प्रेश विज्ञप्ती

    aa.jpg

     


    तेस्रो आँखा