• ट्रेण्डिङ्ग :
एमसीसी पास गर्न बहुमत जुटाउने कसरतमा देउवा

एमसीसी पास गर्न बहुमत जुटाउने कसरतमा देउवा


  • 8.9K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    एमसीसी पास गर्न  बहुमत जुटाउने कसरतमा देउवा

    काठमाडाैं,९ फागुन । एमसीसी संसद्‌मा टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा यसकाे अनुमोदनका लागि बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । गठबन्धन दलका सांसद र विपक्षी दललाई सहमतिमा ल्याउने रणनीतिमा देउवा जुटेका हुन् ।

    images

    विवाद र विरोधकाबीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लागेका छन् ।

    एमसीसीकाे पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ । एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने उनले अनुमान गरेका छन् । नेकपा माआेवादी केन्द्र र नेकपा एस र जसपाभित्र पनि दुइ धार देखिएकाे छ । प्रचणड र माधव नेपालले दाेहाेराे भूमिका खेलेका छन् । उनीहरूकाे विश्वास गर्ने आधार कम हुँदै गएकाले एमसीसी अनुमाेदन गर्न मालेले साथ दिनु पर्ने देखिन्छ ।