ट्रकले च्यापिएर डियुटीमा खटिएकी एक महिला प्रहरीकाे मृत्यु

ट्रकले च्यापिएर डियुटीमा खटिएकी एक महिला प्रहरीकाे मृत्यु


  • 7.1K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    ट्रकले च्यापिएर डियुटीमा खटिएकी एक महिला प्रहरीकाे मृत्यु

    काठमाडौं, ९ फागुन । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएकी महिला प्रहरी मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता बि.सि रहेकी छन् । 

    शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् ।

    घाइते भएकी बि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । 

    गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।


    तेस्रो आँखा