• ट्रेण्डिङ्ग :
कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती हुने

कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती हुने


  • 4.6K
    SHARES
    • भाद्र ८, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.0K Views

    कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती हुने

    तुलसीपुर, ८ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चन्द्रगञ्जस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती हुने भएको छ । श्री स्वामी केशवाचार्य (सूर्यपाकि) महाराजको उपस्थितिमा भदौ ९ गतेदेखि ११ गतेसम्म महाआरती हुने भएको हो । 

    images

    श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महाआरतीमा सन्ध्याकालिन महाआरती, कृष्ण महोत्सव, झुला प्रदर्शन, राष्ट्रिय कलाकारबाट आकर्षक भजन, ऐतिहासिक लाखे नाचलगायत विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । त्यस्तैगरी विद्वान गुरु, साधुसन्तुहरुको मुखारविन्दबाट धार्मिक प्रवचनसहित सञ्चालन कार्यक्रममा प्रवचन श्रवण गर्न, महोत्सव अवलोकन, महाआरती, पुजाआरधना तथा प्रसाद ग्रहण गरी पुण्य लाभ लिन सम्पूर्णमा कार्यक्रम आयोजकले आग्रह गरेको छ ।  

    IMG-20240824-WA0011.jpg

    आयोजकले दिएको जानकारीअनुसार भदौ ९ गते सन्ध्याकालनि आरती, धार्मिक प्रवचन र सांस्कृतिक प्रवचन हुने भएको छ । त्यस्तै १० गते विहान ६ बजेदेखि अपरान्हसम्म पुजा आरधना, सांस्कृतिक कार्यक्रम, लाखेनाच र बेलुका सन्ध्याकालिन आरती, धार्मिक प्रवचन हुने भएको छ । कार्यक्रमको अन्तिम दिन ११ गते दिउँसो १ बजे रथ झुला प्रदर्शन, सन्ध्याकालिन आरती, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम र सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै कार्यक्रमा देवीदेवताका नाममा आरती गर्नेहरुका लागि आरती शूल्क २१ सय रुपैया तोकिएको छ भने अन्य सहयोग पनि गर्न सकिने छ । कार्यक्रमबारे थप जानकारीका लागि धार्मिक गुरु खगेन्द्र बस्याल ९८४७८४२६३८, सचिव भूपबहादुर केसी ९८४७८३४१६३ र समन्वयकर्ता तिलक शर्मा न्यौपाने ९८०१९०५७२७ मा सम्पर्क गर्न सकिने कार्यक्रम आयोजकले जनाएको छ ।


    तेस्रो आँखा