काठमाडौँ, मंसिर १ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा बिश्वासको मत मागेका छन् । उनले आज बसेको संसद बैठकमा बिश्वासको मत मागेका हुन् । यसअघि मुख्यमन्त्री राईले हिँजाो नै बिश्वासको मत माग्ने भनिएको थियो । तर एमालेले बिप्लव नेतृत्वको नेकपाको बन्दका कारण संसद बैठकमा उपस्थित नहुने जनाएपछि बैठक स्थगित भएको थियो । कुल ९३ सांसद रहेको प्रदेश १ मा बहुमत संख्या ४७ मत पाए मुख्यमन्त्री राईले बिश्वास जित्ने छन् । ५ दलीय सत्ता पक्षीय गठबन्धनमा ५० मत रहेको छ । एमालेसंग ४० र राप्रपाको एक मत छ ।
