• ट्रेण्डिङ्ग :
लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित

लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित


  • 8.4K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडाैं,९ फागुन । लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ।

    images

    आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो।  त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको परीक्षा तोकिएको थियो।

    आयोगका अनुसार फागुन २८ मा संयुक्त र एकीकृत सेवातर्फ नायब सुब्बा वा सो सरह(अप्राविधिक)को प्रथम चरण र २०७९ बैशाख ५ देखि बैशाख ९ सम्म द्वितीय चरणको परीक्षा तालिका तोकिएको थियो।  


    तेस्रो आँखा