संस्थागत क्षमता स्वमुल्याङ्कनमा रोल्पाका अधिकांश स्थानीयतहको नतिजा सुधार

संस्थागत क्षमता स्वमुल्याङ्कनमा रोल्पाका अधिकांश स्थानीयतहको नतिजा सुधार


  • 8.2K
    SHARES
    • भाद्र १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 12.7K Views

    संस्थागत क्षमता स्वमुल्याङ्कनमा रोल्पाका अधिकांश स्थानीयतहको नतिजा सुधार

    रोल्पा, १३ भदौ । संस्थागत क्षमता स्वमूल्यांकनमा रोल्पाका अधिकांश स्थानीयतहको नतिजा सुधार देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा निकै कमजोर नतिजा देखिएका उनीहरुको आर्थिक वर्ष २०७९/०८० को नतिजा भने सुधारोन्मुख देखिएको हो । जिल्लाका रोल्पा नगरपालिका र थवाङ गाउँपालिका बाहेक बाँकी ८ वटा स्थानीयतहको नतिजामा सुधार देखिएको हो । जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिवेणी गाउँपालिकाले ७९ दशमलव ५० अंक ल्याएको छ । अघिल्लो वर्ष उसले ७६ दशमलव २५ अंक प्राप्त गरेको थियो । यस पटकको नतिजामा जिल्लामै प्रथम भएको त्रिवेणी अघिल्लो वर्ष दोश्रो स्थानमा आएको थियो ।

    images

    यस वर्ष सुनिलस्मृति गाउँपालिकाले ७९ अंक सहित जिल्लामा दोस्रो स्थान कायम गरेको छ । अघिल्लो वर्ष उसले ६९ अंक प्राप्त गरेको थियो । यस वर्ष दोस्रो स्थानमा रहेको सुनिलस्मृतीले अघिल्लो वर्ष तेश्रो स्थानमा रहेको थियो । परिवर्तण गाउँपालिका ७८ दशमलब २५ अंक सहित यसवर्ष तृतिय स्थानमा रहेको छ । अघिल्लो वर्ष उसले ५९.५ अंक प्राप्त गरी नवौ नम्वरमा रहेको थियो । परिवर्तन गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा यसवर्ष करिव १९ अंक वढी प्राप्त गरेको छ ।

    अघिल्लो वर्ष जिल्लामै प्रथम स्थानमा रहेको रोल्पा नगरपालिका यस पटक चौथो स्थानमा रहेको छ । यसवर्ष रोल्पा नगरपालिकाले ७४ दशमलब ७५ प्राप्त गरेको छ । अघिल्लो वर्ष उसले ८२ दशमलव २५ अंक प्राप्त गरेको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्ष रोल्पा नगरपाकिको करिव ७ अंक कम आएको छ । लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाले यस वर्ष वरावर अंक प्राप्त गरेका छन । उनीहरु दुवैले बराबार ७० दशमलब ७५ अंक प्राप्त गरेका छन । लुंग्री गाउँपालिकाले अघिल्लो वर्ष ६४ दशमल २५ अंक प्राप्त गरेको थियो भने सुनछहरी गाउँपालिकाले ६६ अंक प्राप्त गरेको थियो । रुन्टीगढी गाउँपालिकाले यस वर्ष ६४ दशमलब ७५ प्राप्त गरेको छ । सो गाउँपालिकाले अघिल्लो वर्ष ६४ दशमलव ७५ अंक प्राप्त गरेको थियो ।

    गंगादेव गाउँपालिकाले यस वर्षको मूल्यांकनमा ६४ दशमलब २५ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष उसले ६३ दशमलव ५ अंक प्राप्त गरेको थियो । माडी गाउँपालिकाले यस वर्ष ६० दशमलब २५ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष उसले ४१ दशमलव २५ अंक प्राप्त गरेको थियो । अघिल्लो वर्षको तुलनामा माडी गाउँपालिकाले यस वर्ष १९ भन्दा वढी अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष पुछारमा देखिएको माडी गाउँपालिकाले यस वर्ष भने थबाङ गाउँपालिकाले उछनेको छ । थवाङ्ग गाउँपालिकाले यस वर्षको मूल्यांकनमा ५९ दशमलब ५० अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ६३ दशमल ७५ प्रतिशत अंक प्राप्त गरेको थवाङ यस वर्ष भने ऋणात्मक अंकमा देखिएको छ । यस वर्ष जिल्लाका दश स्थानीय तह मध्ये थवाङगाउँपालिका पुछारमा देखिएको छ । 

    तालिकाः १ अघिल्ला दुई वर्षमा रोल्पाका स्थानीय तहहरुले प्राप्त गरेको अंक

    table.jpg

    त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई नितिगत र योजनाको क्षेत्रमा स्थानीय सरकारको थोरै साधन, स्रोत र कर्मचारीले धेरै काम गर्नुपर्ने भएकाले नतिजामा सुधार हुन नसकेको बताउनुहुन्छ । यसको मुल्याङ्कन गर्नका लागि विभिन्न १० वटा सेक्टर छुट्याएको हुन्छ । एउटा सेक्टरलाई मात्र फोकस गरेर नतिजामा सुधार आउदैन, उहाँले भन्नुभयो, नतिजा सुधारका लागी त्रिवेणी गाउँपालिकामा पूर्वाधारको क्षेत्रमा धेरै गर्नुपर्ने छ । त्यसकारण नितिगत, योजनागत कामहरु गर्न बाकीँ छन उहाँले भन्नु भयो । 

    रोल्पाका अधिकांश पालिकाहरुले आवद्यिक योजना बनाउन सकेका छैनन । त्यसैगरी विपद् र वातावरण क्षेत्रमा समेत खासै काम गरेको पाईदैन । अन्तरपालिका साझेदारी कार्यक्रमलाई पनि स्वमूल्यांनमा समावेशन गरिएको भएपनि रोल्पाका पालिकाहरुले समेत यो अभ्यास निकै न्यून मात्रै गरेको बताईन्छ । यी र यस्ता कैयौ कारणले रोल्पाका पालिकाहरुले उत्कृष्ट नम्वर ल्याउन नसकेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाई छ । त्यसकारण पनि कम अंक आएको हो । संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुधार गर्नका लागि उत्कृष्ट कार्यसम्पादन गरेको क्षेत्रलाई निरन्तरता दिदै थप मिहिनेत गर्नुपर्ने क्षेत्रमा कार्ययोजनाका साथ अगाडी बढ्न आवश्यक रहेको उहाँको भनाई रहेको छ ।

    गत वर्षको तुलनामा रोल्पाका स्थानीय तहको कार्यसम्पादन सुधार देखिए पनि यस वर्षको नतिजामा ८० अंक कटाउन सकेका छैनन् । जिल्लाको एक मात्र नगरपालिका रहेको रोल्पा नगरपालिका गत वर्ष ८२ दशमलब २५ अंक सहित जिल्लामा उत्कृष्ट भयो । तर यस वर्ष उक्त नगरपालिका कार्यसम्पादनमा ७४ दशमलब ७५ अंक प्राप्त गरि चौथो स्थानमा खुम्चिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासनको अवस्था, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाहको अवस्था, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयको अवस्था लगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानेर नतिजा सार्वजनिक गर्ने गर्दछ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप